Monday 19th January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २५


गजल
###
दिलभित्र लुकाएको तस्बिर झिकी छुन्छ्यौ अरे ।
बितेका पल सम्झिएर भक्कानिदै रुन्छ्यौ अरे ।

जिन्दगीको सारा खुशी, एक- एक गरि लुटेपछी,
छिनछिनमा होस गुमाइ,पागल जस्तै हुन्छ्यौ अरे।

फुटेको यो मेरो कर्म, कस्ति म अभागी भनी,
पलपल झर्ने ती आँशुले, पिडाहरु धुन्छ्यौ अरे।

हाँसोहरु बन्धक राखी स्वतन्त्र त्यो जिवनलाई,
बाध्यता भइ पिंजडा मै सधैँ भरी थुन्छ्यौ अरे।

जस्ले जति सम्झएनी, किन आजभोलि तिमी,
खरानीको डोरी बाट्ने,अझै सपना बुन्छ्यौ अरे।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८, सुनखानी दोलखा।
(रचना: २०७८/३/२ बुधबार)


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...