Thursday 4th June 2026

कुवेतमा ज्यान गुमाएका ४ नेपालीको शब कतार हुँदै नेपाल पठाइदै


हरी कृष्ण न्यौपाने – रोजगारीका क्रममा कुवेतमा रहेका र विभिन्न कारण ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल पठाईने भएको छ।कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु आज जुन १३,२०२१ आईतवार बेलुका नेपाल पठाइन लागेको हो।

नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम संग भने” केही समय देखी सबै कानुनी प्रकृयाहरु पुरा भएर पनि सिधा तथा नियमित उडान नहुँदा कुवेतमै रोकिएका १ महिला सहित ४ जना नेपालीको शब आज नेपाल पठाउदै छौं।अझै १ जनाको शब कुवेतमै रहेको सिलवालले बताए।

नेपाल पठाइदै गरेको ४ जना मृतकहरुको बिबरण यस प्रकार छ।

१) मृतकको नाम:- मुना राई
ठेगाना:-बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा
राहदानी नं-१०६७३६८३
कुवेतमा मृत्‍यु भएको मिती:-२० मेई,२०२१
मृत्‍युको कारण:-हृदयघात

२)मृतकको नाम:- सोमप्रसाद दाहाल
ठेगाना:-बाहुने-९ दौलतपुर,मोरङ
राहदानी नं-०६७८९२८४
कुवेतमा मृत्‍यु भएको मिती:-१६ मेई,२०२१ आइतबार
मृत्‍युको कारण:-उपचारको क्रममा

३)मृतकको नाम:- मोहमद सबिर आलाम
ठेगाना:-सुनसरी
राहदानी नं-०७६९०६७०
कुवेतमा मृत्‍यु भएको मिती:-१ जुन,२०२१ मंगलबार
मृत्‍युको कारण:-हृदयघात
४)मृतकको नाम:- राम शरण मण्डल
ठेगाना:-सिराहा
राहदानी नं-०६८३६७२०
कुवेतमा मृत्‍यु भएको मिती:-२९ मेई,२०२१ शनिबार
मृत्‍युको कारण:-हृदयघात

कुवेतमा मृत्‍यु भएका यि ४ नेपालीहरुको शव एकै चोटि जुन-१४,२०२१ सोमबार बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौ अवतरण गर्नेछन।

पछिल्लो समय नेपाल सरकारले कोरोना नियन्त्रणका लागी जारी गरेको निषेध्याज्ञाका कारण केही उडानहरु बाहेक नेपालका अन्तरराष्ट्रिय उडानहरु बन्द छन।कुवेतबाट कम्पनिबाट करार अवधि सकिएर नेपाल फर्किनुपर्ने, बिरामी भएर नेपाल फर्किनुपर्ने तथा आफन्तको मृत्युको कारण नेपाल फर्किनुपर्नेहरु कुवेतबाट नेपालको सिधा उडानको प्रतिक्षामा छन भने सरकारले कतार, टर्की, भारत र चीनमा मात्र त्यो पनि सिमित उडानहरु गरिरहेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारहरूबाट ६१ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक अनुदान प्राप्त…

कुनै पनि राजनीतिक दल, जुन गैरदलीय पेशाकर्मीहरू र राजनीतिक रूपमा नयाँ अनुहारहरूले स्थापना गरेको हो, त्यसले चार वर्षभन्दा कम समयमा…

रवि लामिछानेको भारत भ्रमणलाई अहिलेको राजनीतिक सन्दर्भमा हेर्दा स्वाभाविक रूपमा विभिन्न कोणबाट व्याख्या गरिँदै छ। विशेष गरी प्रधानमन्त्री बालेन्द्र शाहले…

प्रतिकृयाहरू
...