Friday 3rd April 2026

कोपिलाः अलिकति – पुष्कर ‘अथक’ रेग्मी


१.
ए भाइ बहिनी सुन अलिकति
के हो अनुशासन अनि नैतिक शिक्षा
तिमी मनमनै गुन अलिकति
२.
गर्नुपर्छ दुःख अलिकति
पढी लेखी असल काम गर्दा आउँछ
जीवनमा सुख अलिकति
३.
धेरै लेख खेल अलिकति
निकाल बाबु नानी हो बिज्ञान पढेपछि
खोप नून तेल अलिकति
४.
राम्ररी रोज अलिकति
किताबको किरो मात्र नबन
शोध र खोज अलिकति
५.
सकेको काम गर अलिकति
आमा बाबा गुरु मित्र देशको नियम
कानूनसंग डर अलिकति
६.
आमाको मायामा बेर अलिकति
सानैदेखि समाजसेवा गरी बाबु नानी हो
दीन दुःखीलाई हेर अलिकति
७.
गर राम्रो काम अलिकति
भानु पृथ्वी पासाङ ताराले जस्तै
राखी छाड नाम अलिकति
८.
सिक लगाउन बाली अलिकति
पसिना फल्यो फुल्यो लटरम्म भई अहो
अब बजाउन ताली अलिकति
९.
मित्रता गाँस अलिकति
स्वस्थ्य फूर्तिलो रहनाका लागि
सदैव हाँस अलिकति
१०.
गाइदेउ देशको गीत अलिकति
वीरका नाती सहिद पुत्र संझेर साच्चिकै
लाइदेउ स्वदेशी प्रीत अलिकति
११.
रहुन्जेल सास अलिकति
जे जस्तो पनि हुन सक्छ यहाँ
सदा राख्नु आश अलिकति
१२.
नसुत उठ र जाग अलिकति
घर गाउँ बस्ती शहर राजधानी हुँदै
देश बिकासमा लाग अलिकति
१३.
निकाल जोश अलिकति
होस्टेमा हैंसे भनी काम गर्नु
लिएर होश अलिकति
१४.
सुन त मात्र अलिकति
बनिदेउ देशको लागि ठूलो र
असल पात्र अलिकति
१५.
कविता लेखे लौ आज अलिकति
दुई पात र एक मुना सहितको कोपिला
सुनाए सबैको माझ अलिकति

-पुष्कर ‘अथक’ रेग्मी
तानसेन, पाल्पा ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...