Wednesday 1st April 2026

जोर्डनसँगको खेलपछि नेपालका प्रशिक्षक भन्छन्- पेनाल्टीले सबै कुरा परिवर्तन भयो


तीतोपाटी डटकम-फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गर्‍यो।सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालले ३-० को हार बेहोरेको हो।

जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो।उनले खेलको ४८ मिनेटमा टिमको अग्रता दोब्बर पारे। उनले हानेको फ्रिकिक सिधैं जाली चुमेको थियो। जोर्डनका लागि तेस्रो गोल अबोउ अल अरबले गरे। उनले खेलको ६७ मिनेटमा गोल गरेका थिए।

खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो हाफमा जोर्डनले पाएको पेनाल्टीले खेलमा सबै कुरा परिवर्तन भएको प्रतिक्रिया दिए।’हामीले राम्रो खेल्यौं। खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। तर पेनाल्टीले खेल परिवर्तन भयो। पेनाल्टीपछि जोर्डनमा आत्मविश्वास आयो,’ उनले भने।अलमुताइरीका अनुसार अस्ट्रेलियासँग पनि अन्तिमसम्म हार नमान्ने बताए। ‘हामी रक्षात्मक खेल्नेछैनौ। यदि हामी हार्‍यौ भने पनि इज्जतका साथ हार्न चाहान्छौं। त्यसैले अस्ट्रेलियाविरुद्ध पनि यस्तै भावनाले खेल्नेछौं,’ उनको भनाइ छ।

समूह ‘बी’ ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले अब अन्तिम खेल खेल्न बाँकी छ।नेपालले समूहको आफ्नो अन्तिम खेल जेठ २८ गते(जुन-११ तारिक)अस्ट्रेलियासँग खेल्नेछ।

सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग सकिएको छ। यद्यपी नेपाललाई प्लेअफबाट तेस्रो चरणमा पुग्ने अवसर भने बाँकी छ।नेपालविरुद्ध जित हात पारेसँगै जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको अस्ट्रेलियाको १८ अंक छ।कुवेत १० अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको नेपालको ६ अंक छ। पुछारको चाइनिज ताइपेईले भने अंक जोड्न सकेको छैन।
साभार-सेतोपाटी


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...