Saturday 4th April 2026

शोभा थापाको गजल संग्रह – १


सरकार त यस्तो होस देशको ढुकुटीको आस नहोस ।
दिन्छु तँलाई कुर्सी भन्ने कोही मित्र आफ्नो खास नहोस ।।

गरोस काम देश विकासको जनताको भलो हुने
बेची ईमान धर्म सबै थुपार्ने धनको रास नहोस ।

भलो हुने काम गरून् जय जय गरून् सब जनले
जन मनमा अन्यायको कुनै भय अनि त्रास नहोस ।

सोचुन कुरा जनहितको मनमा स्वार्थ भाव नराखी
ईश्वर रुपको होऊन ती दानवताको वास नहोस ।

देशकै लागि प्राण दिऊन वैरी सब दुर भगाउन
वीरको ईतिहास भुलेर विदेशीको दास नहोस ।

-शोभा थापा
हेटौंडा ४, मकवानपुर ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...