Wednesday 12th November 2025

दक्षिण कोरिया द्वारा नेपाललाई दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ सामग्री हस्तान्तरण


तीतोपाटी डटकम-जिएनएनएन-कोरिया गणतन्त्र सरकारले जून ४, २०२१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) मार्फत २००,००० अमेरिकी डलरको 17,760 RT-PCR टेस्ट किटको सेट प्रदान गरेको छ। महामहिम राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो।

हस्तान्तरण क्रममा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क छोङ सुकले यो सहयोगले नेपाल सरकारलाई कोभिड 19 को दोस्रो लहरलाई नियन्त्रण गर्न सहयोग गर्ने बताउनु भयो किट हस्तान्तरण पश्च्यात नेपाली जनताको सामूहिक परीक्षण गर्न सहयोग पुर्‍याउने डा रोशन पोखरेलले व्यक्त गरे महामारीको समयमा नेपाललाई निरन्तर सहयोग पुर्‍याएकोमा कोरियाली सरकारलाई उनले धन्यबाद प्रकट गरे ।
कोभिड 19 महामारीको दोस्रो लहरको बिरूद्ध लड्न नेपाल सरकारलाई सहयोग पुर्‍याउन रिपब्लिक कोरिया र कोइकाले आउँदो जुलाई/ अगस्त सम्म ३७८ पिस अक्सिजन कन्सर्टेटर खरीद सहित नेपाल सरकारलाई प्रदान गरिने जानकारी गराइएको छ।

दक्षिण कोरियाले यस कठिन संकटकालमा नेपाललाई सँधै सहयोग पुर्‍याएको छ यो भन्दा पहिला भूकम्प, प्राकृतिक प्रकोप महामारी जस्ता विपत्ति सहयोग गर्दै आएको छ। दक्षिण कोरियाले बिस्तारै नेपालमा अनुदान सहयोग बढाउँदै गएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...