Saturday 4th April 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २३


माया रुपि सागरको, मुल बनेर आउ तिमी।
दुई मुटु जोड्ने पक्की,पुल बनेर आउ तिमी।

ढकमक फक्रि यहाँ , सुगन्धित बास्ना छरी,
सदाबहार फुलिरहने,फुल बनेर आउ तिमी ।

सयौं जुनि सम्म पनि चोखो पिरतीलाइ ढाक्ने,
टल्‌ टल्‌ गरि टल्किने त्यो,तुल बनेर आउ तिमी।

इमान्दारी ,सोझो,असल,मान्छे बनाउन सक्ने,
प्रिया अति राम्रो एउटा, रुल बनेर आउ तिमी ।

अन्धविश्वास कुरीति र कुसंस्कारलाई हटाएर,
सभ्य समाज निर्माण गर्ने टुल बनेर आउ तिमी।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा ८,सुनखानी दोलखा।
(रचना: २०७८ जेठ १९ बुधबार)


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...