Wednesday 1st April 2026

बेलायतका पत्रकारको चुनावी दौड शुरु, अध्यक्षमा चार जनाको उम्मेदवारी


तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी १३ जुनमा हुने निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।आइतबार साँझ निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको हो ।

शाखाको वरिष्ठ उपाध्यक्ष पदमा दिनेशकुमार परियार र सन्जयभक्त कँडेलले उम्मेदवारी दिएका छन् । खुला उपाध्यक्षमा शिव भण्डारी र एभरेष्ट गौतमको उम्मेदवारी छ ।महिला उपाध्यक्षमा प्रमिला लाबुङ राईको मात्र उम्मेदवारी परेको छ । महासचिव पदमा नरेन्द्र कुमार बस्नेत (नरेन्द्र बस्नेत) र जगन्नाथ (जगन) कार्कीको उम्मेदवारी परेको छ ।

दुई जना निर्वाचित हुने सचिव पदमा मन्जु भण्डारी र खेमराज रानाभाटको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ तथा सह-कोषाध्यक्षमा सुरेन्द्र इङनामको उम्मेदवारी परेको छ ।

६ सदस्यका लागि विश्वासदीप तिगेला, गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङको मात्र उम्मेदवारी छ ।

शाखाको निर्वाचन पोष्टल र प्रत्यक्ष रुपमा गर्ने तयारी छ । नयाँ कार्यसमिति चयनका लागि रमेश सराङकोटीको संयोजकत्वमा नवीन पोखरेल, चिरन शर्मा, केशव भण्डारी र संगीता मरहट्ठा सम्मिलित निर्वाचन समिति गठन भएको थियो । निर्वाचन समितिको कानुनी सल्लाहकारमा सोलिसिटर दीपक भट्टराई छन् ।

महाधिवेशनका लागि नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार भगीरथ योगीलाई केन्द्रिय प्रतिनिधिका रुपमा खटाएको छ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...