Monday 19th January 2026

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्धि सागर सुवेदी बिजयी


जीएनएन, अमेरिका – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१-२०२३ का लागि अध्यक्ष पदमा बिजय हासिल गरेका छन् ।

शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन् । उनले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन् । दोस्रो स्थानमा कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थानमा परेका छन् ।

तेस्रो स्थानमा डा अर्जुन बञ्जाडे रहेका छन् भने उनले ४ हजार १ सय भोट ४८ मत ल्याएका छन् । यसै गरि ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा परेका छन् । एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।

उनले विभिन्न संचार माध्यममा कुराकानी,समुदायसंग भएको अन्तरक्रिया र बहस जस्ता कार्यक्रममा चुनाव आफूले जित्ने दाबी गरेका थिए । उनले चुनाव जित्ने तर मैले जित्दै गर्दा मेरो कार्यसूची (एजेण्डा)ले जित्नुपर्छ भन्ने मान्यतामा उनि प्रचार प्रसारमा चुनावमा होमिएका थिए ।

यति मात्र होइन एनआरएनए एनसीसी अमेरिकाले पनि जित्नुपर्छ र सँस्थाले जित्नुपर्छ। हामी सबै नेपाली अमेरिकन समुदायले जित्नुपर्छ भनि अमेरिकाका विभिन्न राज्यहरुमा भएका अन्तरक्रिया र बहसमा सहभागी भएका थिए ।

उनले कुरा संस्था र आम नेपाली अमेरिकन समुदायको हो। यो केवल जित या हारको पनि होइन । कुरा हाम्रो अस्तित्व, नेपालीत्व, अधिकार र सन्ततिको भविष्य सम्मको कुरा छन्। ती सबै कुराको जित हुनुपर्छ, म त्यसैको लागि लागि परेको सुवेदीले बताएका थिए ।

एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।

उनले कूल मत ५ हजार ६ सय १८ मत प्राप्त गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)अमेरिकाको को नेतृत्व लिनेछन । यस पटक अध्यक्ष पदका ४ जना प्रत्याशी मध्ये ३ जना कृष्ण लामिछाने,डा अर्जुन बन्जाडे(विधा वारिधि )समूह बनाई प्रचार प्रसारमा होमिएका थिए ।

उनले विश्वासको मत आफूले मत पाउदा पाउदै उपबिजेता बने भने अभियानबाट बाहिरिन्न र टेनेसी अदालत धाउने छैन भनि घोषणा गरेका थिए ।

सुबेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन् । अमेरिकामा उनि सफल व्यवसायी हुन् भने मिसिगन राज्यमा तल्लो स्तरमा काम गर्दै मिसिगनको अध्यक्ष ,अमेरिकाको उपाध्यक्ष र २०२१-२०२३ को लागि अध्यक्षको प्रत्यासी भएका थिए ।

उनले जहाँ जाँदा पनि शाखाबाटै काम सुरु गरेकोले समस्या बुझेको र यसलाई कसरी समाधान गर्न पनि तयार रहेको बताएका थिए । संस्थालाई गर्व गर्न लायक र सामूहिक हितमा काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । उनले तपाईहरुको अध्यक्ष हुन् काम गर्नेछु । साथै यस संस्थालाई समुदायमा पुग्न सक्ने बनाउने आफ्नो ध्येय रहेको बताएका थिए ।

उनले आफू मत माग्न आएको हैन र कामको मुल्यांकन समुदायले गर्ने छ भनेका थिए ।

बुद्धि सागर सुबेदी को हुन् ?

स्याङ्जा टक्सारका सुवेदी परिवार चितवनमा बसाई सराई गरेको हो । चितवनको माडीमा पढाईमा सधैँ प्रथम द्वितीय भै रहन्थे । उनले निमावि र माडी मावि वसन्तपुरमा पढे । २०४४ सालमा प्रथम श्रेणीमा उनि उक्त बिद्यालयबाट गरे ।

बुद्धिसागर पढाईमा तेज थिए भने उनले वन बिषयमा पोखरामा पढेका हुन् । उनि पहिला बिद्यालयको शिक्षक अनि पछि महाविद्यालयको प्राध्यापक भए । हाल उनि स्थापित अमेरिकाको विस्कनसिनका सफल व्यवसायी हुन् ।

पोखरामा वन बिषय पढ्दै गर्दा आन्दोलनमा छात्रावासमा पक्राउ परे पछि १/२ दिन थुनामा परे । उनले बाणिज्य प्रशासनमा स्नातकोत्तर गरेका छन् ।उनले कालिकोट गएर प्रस्तावित माविमा ३ बर्ष प्रअ भएर काम गरे । उनले पब्लिक यूथ, मीन भवन क्याम्पसमा लगायतमा २०५४ बाट २०६१ सम्म पढाए ।

त्यस पछि उनले नयाँ बानेश्वरमा कान्तिपुर इन्स्टिच्युटमा नामक सँस्था खोले जहाँ १७- १८ सय विद्यार्थी अध्ययनको लागि आउँथे । उनको उक्त सँस्थामा वित्तीय र लेखा पढाई हुन्थ्यो ।

उनि अत्यन्तै व्यस्त प्रा तथा शिक्षक थिए । बिहान साढे ४ बजेदेखि बेलुवा १० बजेसम्म पढाउन महाव्यस्त हुन्थे । त्यसै बीच उनले अमेरिकाले खोल्ने विविधता चिट्ठा अर्थात् डिभी परेकोले २००३ मा परिवार साथ अमेरिका आएका हुन् ।

उनि प्रारम्भमा अमेरिकाको बाल्टिमोर आएपछि इन्ध चौकीमा काम पनि गरे २००६ बाट व्यवसाय प्रारम्भ गरे । उनका थुप्रै व्यवसाय संचालनमा छन् भने ३० वटा व्यवसायमा झन्डै सय भन्दा ज्यादा नेपालीलाई उनले रोजगारी दिएका छन् ।

विस्कान्सनमा बसाई सराई गरे पछि सुवेदीकै नेतृत्वमा नेप्लिज एप्पलटन यूथ एसोसिएसन खोले भने हाल सम्म उनि त्यसको संरक्षक पनि छन । सुबेदी एनआरएनए विस्कनसिन शाखा अमेरिकाको २०१७र/१९ को संस्थापक सभापति भए । स्थानीय स्तरबाट सङ्घर्ष गर्दै क्षेत्रीय तह हुँदै उपाध्यक्षसम्म भए । र उपाध्यक्ष संगै उनि गैर आवासीय नेपाली संघ अमेरिकाको लागि अध्यक्ष पदका प्रत्यासी भए र बिजयी भएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...