Friday 26th December 2025

जहाज चार्टर्ड गरेर बेलायतले पठायो २६० भेन्टिलेटरसहित सहयोग सामग्री


तीतोपाटी डटकम- बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

जहाज आइपुगे लगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्। प्रष्टसँग नेपाली बोल्न सक्ने राजदूत पोलिटले सहयोग सामग्रीबारे विमानस्थलमै भिडिओ पनि बनाएकी छन्।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको नेपाल र नेपालीको लडाइँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए। राजदूत पोलिट बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन्।

बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर (१३० सिपाप र १३० बिपाप), १९ हजार २ सय आई प्रोटेक्टर छन्। सोही जहाजले नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइदिएको छ।

यसअघि बेलायती उपल्लो सदनमा नेपाललाई तत्काल कोरोना खोप सहयोग गर्नेबारे छलफल भएको थियो।

साभार-सेतोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...