Saturday 28th March 2026

बंगालको खाडीमा शक्तिशाली चक्रवात बन्दै, नेपालमा पनि प्रभाव पर्ने


तितोपाटी- पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र आज चक्रवातमा परिणत भई भोलि मंगलबारसम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भएकाले सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ।

उक्त चक्रवातको असर नेपालका केही भू–भागमा पर्ने सम्भावना रहेकाले हिमाली भेगमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आगामी तीन दिनसम्म पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ।

प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...