Monday 19th January 2026

टहल आचार्यको गजल संग्रह – १५


धेरै खाने थुक्ने बोल्ने मुख टाल्ने बेला आयो ।
घरमा अन्न सकिएर ढुटो चाल्ने बेला आयो ।

आन्दोलन आमसभा गोष्ठी अनि अनशन ,
जूम क्रिया श्राद्ध र भजन् थाल्ने बेला आयो ।

नपाएर चना केराउ खसीको त्यो मासु पनि ,
कुकरमा कर्कलो र सिस्नु गाल्ने बेला आयो ।

यहाँ एकअर्कामा नैज्युँदो जाग्दो काल देखि ,
मानिसले मानिसभीत्रै डर पाल्ने बेला आयो

बाढी पैह्रो भुकम्प त्यो अनिकाल कोरोनाको ,
प्रकोपले अनाहकमा ज्यान फाल्ने बेला आयो ।
****

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...