Saturday 4th April 2026

टहल आचार्यको गजल संग्रह – १५


धेरै खाने थुक्ने बोल्ने मुख टाल्ने बेला आयो ।
घरमा अन्न सकिएर ढुटो चाल्ने बेला आयो ।

आन्दोलन आमसभा गोष्ठी अनि अनशन ,
जूम क्रिया श्राद्ध र भजन् थाल्ने बेला आयो ।

नपाएर चना केराउ खसीको त्यो मासु पनि ,
कुकरमा कर्कलो र सिस्नु गाल्ने बेला आयो ।

यहाँ एकअर्कामा नैज्युँदो जाग्दो काल देखि ,
मानिसले मानिसभीत्रै डर पाल्ने बेला आयो

बाढी पैह्रो भुकम्प त्यो अनिकाल कोरोनाको ,
प्रकोपले अनाहकमा ज्यान फाल्ने बेला आयो ।
****

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...