तितोपाटी- प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्च जाने निर्णय गरेको हो ।