Monday 19th January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २१


कोहि भन्छन्‌ यो मुटुमा, बिझाउने काँडो भाछ ।
आफ्नो पार्टी आफ्नै साथि,आफैंलाई घाँडो भाछ ।

जस्को शक्ति उस्को भक्ति,भन्दै माथि पुग्नेलाई,
राजनैतिक खेल सधैं ,गरि खाने भाँडो भाछ ।

बैठक, सभा, सम्मेलन, बारम्बार गर्ने ठाँउ,
कैले बालुवाटार हजुर,कैले पेरिस डाँडो भाछ ।

जान्ने सुन्ने मै हुँ एउटा, जे गरे नि हुन्छ भनी,
राता रात निर्णय त्यो, लिनलाइ चाँडो भाछ ।

स्वार्थ लुटन यता उता जता पनि ढल्कि दिने,
असला त्यो माछा पनि ,यहाँ चेपागाँडो भाछ ।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८, सुनखानी दोलखा,
बागमती प्रदेश ।
(रचना: २०७८ जेठ ८ सनिवार)


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...