Monday 12th October 2026

राष्ट्रपतिबाट मध्यरातमा संसद विघटन गरि मध्यवधि निर्वाचनको घोषणा


तीतोपाटी – राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरि मध्यवधि निर्वाचनको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमै संसद विघटन गरि निर्वाचनको घोषणा भएको हो । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२:५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा भएको हो ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले मध्यराति १ बजेर ४९ मिनेटमा सार्वजनिक गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको उल्लेख गरिएको हो ।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर उक्त कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।

फागुन २३ सुरु भएको पुनःस्थापित संसद्को अधिवेशन डेढ महिनासम्म चल्यो। यो बीचमा पटकपटक अविश्वास प्रस्तावको हल्ला र चर्चा चल्यो तर त्यो प्रयासले आकार लिन सकेन। विपक्षीहरू अविश्वास प्रस्तावका लागि अलि तात्दै गर्दा गत वैशाख ६ मा सरकारले पुनःस्थापित संसद्को अधिवेशन नै अन्त्य गरिदियो। त्यसपछि माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदै ओलीले विश्‍वासको मत लिन संसद्को अधिवेशन बोलाएका थिए।

विस्वासको मत गुमाएका ओलीले राजीनामा नै नदिइ पुनः ४ दिन पछि प्रधानमन्त्री नियुक्त भएका ओलीले एक महिना भित्र विश्वासको मत लिनु पर्थ्यो । यदि उनले विस्वासको मत नपाएमा संसदमा अाफ्नो वहुमत छ भनी दावी गर्ने सांसदले प्रधानमन्त्री नियुक्त भइ विश्वासको मत लिनु पर्ने र त्यो प्रकृया पुरा हुँदा पनि प्रधानमन्त्री बन्ने अाधार नभएमा मात्रै मध्यवधि निर्वाचनमा जानु पर्नेमा ति कुनै पनि प्रकृया नअपनाइ, ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिइ ओलीको शनकको भरमा प्रधानमन्त्रीले जे गर्न खोज्यो त्यसैलाइ सदर गरेर राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको मतियारको रूपमा अाफैलाइ नङ्ग्याएकी छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...