Monday 12th October 2026

हाँस्य ब्यङ्गः नेता ज्यु ! महामारी बढाउने चुनाव गराउने


नारायण कोइराला – आफुपनि मुसुक्क हाँस्ने अरूलाई पनि बेस्सरी हसाउँने ओली बा । बुढेसकालमा पनि तन्नेरीहरुले नचाउने ओली बा । आफ्नै मित्रहरूलाई फसाउने देशवासीलाई गदगद हसाउँने । समय सग लड्न सक्ने न अरूको सुन्ने न अरूलाई बोल्न दिने । आफैं हर्ता आफैं कर्ता । मौका पाए जोड्ने । नजोडिदै तोड्न बाध्य बनाउने । पानी आउँछ भन्ने तर आकाशमै बादल घुमाउने।नत त्यो पानी जमीनमा झारेर जनताको तिर्खा मेटाउने । नत जमीन सिंचाई गराउने । कस्तो कला , अचम्मको।हिजो जिताउँछु भनेर ल्याउने फेरि हराउने । हराउन र जिताउन माहिर ।उ चाल्न र पछार्न त झन अम्बल ।

पत्याउने पनि उस्तै। जसरी भएपनि कुर्ची चाहिने।पछारिए पनि उनैले उठाउन पर्ने।कुर्चीको लोभ देखाएपछि पछारिएको बिर्सने। कस्तो कुर्ची मोह,आहा भानेर बसिरहनु पर्ने । हिम्मत कस्तो जनताले दिएको भोटको अवहेलना गर्ने।कति महान् तिनीहरू न त लाज न डर ।के भन्नु खोई। पुरुषार्थी भन्ने कि , हुतिहार्रा।एउटै कुरो गर्ने आफ्नैलाई बनाउने अनि आफै रमाउने।जनता रुने उनीहरू आशु नपुछने।जनताको भोट गन्ने मात्र,शासन आफ्नो चलाउने।जनतालाई सिलिन्डर उपलब्ध नगराउने ,आफ्ना नेतालाई हारे पनि मन्त्री चाहिँ बनाउने। न भोटको महत्त्व न जनताको चोटको। महत्त्व केवल नोट र पोस्टको।जनताको रुवाई ,नेताको रजाइँ।

हस्पिटल भरिभराउ,संसद भवन पनि भरिभराउ । फरक यति मात्र,हस्पिटल बिमारीले संसद भवन कुर्ची पाउने आशाले । कुर्चीको लागि जति पनि बर्सने । सपनीमा पनि तर्सने । जनता रुँदा मौन बस्ने । जेसुकै होस् भनेर मुख बन्द राख्ने । रातभरि मस्त निद्रामा निदाउने । भएकाे सामग्रीमा पनि कमिसन मिलाउने। यस विषयमा बोल्यो भने धम्काउने। राता राता लुकिछिपी भागबन्डा मिलाउन । जनतालाई घरमा थुन्ने आफू क्याफे र राष्टपति भवन घुम्ने । जनताको निद कोरोना कहरले उड्ने । यिनका निद कुर्ची पाउने कि गुमाउने भन्ने कुरामा घुम्ने ।

प्रतिपक्ष पनि कुर्चीको आशामा दौडिने।जनता मृत्युको सागरमा पौडने ।न यिनी बचाउन जाने । न यिनको मनले तरस् खाने । बरु रातिराति चिया खान ओलीबाको अगाडि जाने । कस्तो अचम्म चिया पिउन रातिमा पनि ढोका खुल्ला । जनता दिउँसै हस्पिटलमा बेड नपाएर सिडीमा लम्पसार।

अनि अर्को तर्फ कस्तो हस्ताक्षर पक्षमा पनि विपक्षमा पनि । विपक्षमा पनि आफनै पक्ष पनि आफ्नै । यस्तो अवस्थाबाट राष्टपति भवन भित्र खैलाबैला । अब के गर्ने? प्रश्नै, प्रश्न । रातभरि जनता हस्पिटलमा नर्स, डाक्टर बीमारी बचाउने कसरतमा । नेताजीहरु अब के गर्ने भन्ने क्षलफलमा । न त पक्षको बन्यो, न प्रति पक्षको । देश चुनावमा होमियो । ओली बा मुस्कुराई रहे । नेता चुनबाको तयारीमा । जनता भोक ,रोग र शोकको लडाइँमा । अब यही त होलानी महामारी बढाउने चुनाव गराउने ।

नारायण कोइराला
तासेन , पाल्पा
हाल, यूएई।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...