Sunday 16th November 2025

नयाँ सरकार गठनका लागि दलहरूको छलफल तीव्र, माओवादीले बोलायो स्थायी कमिटी बैठक


तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि दलहरूले आन्तरिक परामर्शलाई तीव्रता दिएका छन् ।

शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रपतिको आह्वान संविधानको मर्म विपरीत रहेको निष्कर्ष निकालेको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले राजीनामा नदिइकन अर्को प्रधानमन्त्रीको खोजी गर्दै समय तोक्नु संविधानको मर्म विपरीत ठहर गरेको सह-महामन्त्री प्रकाशशरण महतले बताए ।
कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि विपक्षी गठनबन्धनसँग छलफल गरिरहेको छ । उसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमाले नेता माधवकुमार नेपालसँग परामर्श गरिरहेको हो । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा परामर्श जारी छ ।
यता माओवादी केन्द्रले पनि समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल गर्न १ बजे स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नयाँ सरकार गठनका सम्भावना र विपक्षी गठबन्धनका रणनीतिबारे छलफल हुने स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए ।
यता जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षधरले आफ्ना सांसदहरूसँग परामर्श गरिरहेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरूबीच छलफल जारी छ । प्रधानमन्त्री ओलीले संविधान संशोधनको लागि कार्यदल बनाएको र नागरिकता सम्बन्धी अध्यादेश पनि ल्याएकाले ओलीलाई समर्थन गर्नुपर्ने पक्षमा त्यस समूह छ ।
ठाकुर र महतो प्रधानमन्त्री ओलीसँगै बिहीबार राति ११ बजे राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...