Monday 12th October 2026

सुशिला पाैडेलका समसामयिक पाँच मुक्तकहरू


अब घरैभित्र बस्ने छन् सबै जना।
सेनिटाइजर घस्ने छन् सबै जना।
सकिन्छ एक अर्कोलाई सघाउनु
भोकमरीमा फस्ने छन् सबै जना।
१

म मरेर तिमीलाई बचाउने छु।
सदैव यो दिलमा सजाउने छु।
जिन्दगीमा हाँसी खुसी बाँच्न,
तिम्रो हात सधैं समाउने छु।
२

अवस्था जटिल बन्दै गयो।
आजभोलि मात्र भन्दै गयो।
के कसो गरि बाँच्ने अब,
मर्नेको सख्या गन्दै गयो।
३

जब घरभित्र रासन सकिन्छ रोगको डर खतम हुन्छ।
बैंकको लोनले घर जाँदा बाँच्ने रहर खतम हुन्छ।
साँच्चिकै महामारी हो कि आतङ्क बुझ्न सकिएन,
जब अस्पताल र डाक्टरहरुको नै भर खतम हुन्छ।
४

सोचेकी थिइन वर्षों रोएर बस्नु पर्ला।
आँसुले यो अनुहार धोएर बस्नु पर्ला।
छैन सहारा कसैको हुँदामा एक्लो,
तिम्रै तस्बिर रातदिन छोएर बस्नु पर्ला।
५

सुशिला पौडेल
अर्घाखाँची


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...