Sunday 18th January 2026

नेपाली परोपकारी समाज कुवेतद्वारा राष्ट्रिय आबिस्कार केन्द्रलाई आर्थिक सहयोग


हरी कृष्ण न्यौपाने-नेपाली परोपकारी समाज कुवेतले महाविर पुनद्वारा सन्चालित राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई नेपाली रुपैया ४०,००० (चालिस हजार)आर्थिक सहयोग गरेको छ।समाजले मेई १७,२०२१का दिन उक्त आर्थिक सहयोग आबिस्कार केन्द्रलाई हस्तान्तरण गरेको हो।

नेपाली परोपकारी समाज कुवेतका अध्यक्ष धिरेन सुबेदीले तीतोपाटी डटकम संग कुरा गर्दै भने “हामीहरुले संस्थागत रुपमा नेपालमा अप्रत्यासित रुपमा बढीरहेको कोरोना महामारी रोकथामको लागी डाक्टर-नर्सको लागी पिपिई निर्माण,अक्सिजन कनेक्टर निर्माण वा अक्सिजन रिफिल खर्च भनेर यो सहयोग पठाएका हौ।”
करिब १ बर्ष अघी गठन गरिएको नेपाली परोपकारी समाज कुवेत त्यती चर्चामा नआए पनि दुखी-पीडितहरुका लागि भने साथी बनेको संस्थापक अध्यक्ष धिरेन सुबेदीले बताए।सुबेदी भन्छ्न”सरिता थिङको शब पठाउदा गरेको हातेमालो देखी कोभिडको कारण धेरै समस्यामा परेका नेपालीहरुलाई पिसिआर, खाध्य सामाग्री बितरण लगायत कुवेतको नेपाली समाजमा देखिएको बिकृति-बिसंगतीका बिरुद्द समेत समाज सक्रिय रहेको छ।”कुवेतमा मात्र ६ समुह रहेको नेपाली परोपकारी समाजका संस्थापक उपाध्यक्ष चन्द्र पाईजा पुन र महासचिव कृष्ण भुजेल रहेका छन।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...