Wednesday 14th January 2026

माओवादी केन्द्रको अन्तर्रास्ट्रिय समन्वय समिति पुनर्गठन, कस–कसले पाए जिम्मेवारी ?


तीतोपाटी डटकम-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तरास्ट्रिय समन्वय समितिको बिस्तारित बैठकले पार्टीको विदेश बिभागस्थित संगठनहरुको पुनर्गठन गरेको छ ।नेकपा माओबादी केन्द्रका स्थायी कमिटि सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा संपन्न बैठकले उक्त निर्णय गरेको हो । पुनर्गठित नेपाली जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रिय संयोजकमा शनि कुमार ओलि कतार र सचिबमा हरि नेपाली युएई रहेका छन ।

यसैगरि एशिया प्याशिफिक क्षेत्रिय संयोजकमा हर्क थापा जापान र सचिबमा रमेश तिवारी मलेशिया रहेका छन भने मलेशियाको अध्यक्षमा प्रेम पान्डे र रुपधन घर्तिमगर सचिबमा चयन भएका छन । अन्य क्षेत्रिय समितिहरुका बारेमा छलफल भईरहेको र छिट्टै गठन हुने अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष युबराज चौलागाईले बताए ।

नेपाली जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रअन्तर्गतका देशहरु कतारमा रकमध्वज राई अध्यक्ष र सचिबमा मोहन कार्की, युएईमा अध्यक्ष बाबुराम बिश्वकर्मा र सचिबमा रबिरमण अधिकारी, साउदी अरबको अध्यक्षमा शिबराज जैसी र सचिबमा रामचन्द्र वाग्ले रहेका छन भने ओमनको अध्यक्षमा उमेश बिक र सचिबमा पुर्ण बिक, बहराईनको अध्यक्षमा युबराज केसि र सचिबमा कमल घिमिरे , कुबेतको अध्यक्षमा मन बहादुर भुजेल (मनु मगर ) र सचिबमा राजन श्रेष्ठ, इजरायलको अध्यक्षमा अनिरुद्र शर्मा र सचिबमा दिपेन गुरुङ चयन भएका छन ।

यसै गरि जनप्रगतिशिल मंचको मध्यपुर्ब क्षेत्रिय समितिका सदस्यहरुमा प्रेम कुमार बिक कतार,जैबी राई कतार, निर्मल शाही साउदीअरब ,पदम अर्याल ओमन, जीवन श्रेष्ठ बहराईन रहेका छन भने मध्यपुर्बका सबै देशका अध्यक्षहरु पदेन सदस्य रहने क्षेत्रिय संयोजक ओलीले बताए ।

मध्यपुर्व क्षेत्रिय संयोजक भएपछी ओलीले मध्यपुर्बका सम्पुर्ण नेपाली श्रमिकहरुलाई संगठित गर्दै उनीहरुको पक्षमा आवाज उठाउने बताए । जनयुद्दको शुरुवातिदेखी नै पार्टीको लागी लडेका ओली जनयुद्द सकिएपछि कतार प्रबेस गरेका थिए । कतार बसेर पनि ओलीले पार्टीको काम ईमान्दारिताका साथ गर्दै आएका छन । हाल मध्यपुर्बमा लाखौ माओबादीका कार्यकर्ता र समर्थक रहेका छन ।
साभार-जनसवाल डटकम


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...