Sunday 18th January 2026

कविताः आमा -सुशिला पाैडेल


आमा भनि बोलाए मध्य रातमा
झसङ्ग विउँझिदा सिरानी साथमा
बालापनको यादले सतायो अहिले
मेरी आमा गुमाइसके धेरै पहिले ।।

संसारमा दुःखी जो छ आमा नहुँदा
मै नै हुँ अभागी भनि दिलमा दुख्दा
भन्छन् कुरा काट्नेले आई अगाडी
पीडा सुनाउ कसलाई जानी जानी ।।

बिरामी म हुँदा आतिनु हुन्थ्यो आमा
राम्रो गरे खुसीले मात्तिनु हुन्थ्यो आमा
रोग भोक र शोकमा सधैं जुट्नु हुन्थ्यो
अधर्मी र पापीलाई सधैं कुट्नु हुन्थ्यो ।

काेमल दिलकी सबकाे सेवामा लाग्ने
धनको आडम्मर नदेखाइ भावनामा बग्ने
समान ब्यबहार गर्नु हुन्थ्यो सधैं मेरी आमा
अप्ठ्याराे जंघार तर्नु हुन्थ्यो मेरी आमा ।।

ज्ञानगुनका कुरा सिकाउने मेरी आमा
अक्षरहरु घरमै चिनाउने मेरी आमा
आमा बिनाको जिन्दगी उजाड लाग्छ
एक्लो टुहुरो जिन्दगी खै कता भाग्छ।।

सुशिला पौडेल
अर्घाखाँची


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...