Sunday 18th January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १९


जुनै जोगी आएपनी, लाग्छ कानै चिरे जस्तो।
अनेकौं ती बाहनामा,देश र जनता पिरे जस्तो।

ब्यक्तिगत सङ्गै हजुर, दलिय त्यो स्वार्थ राखि,
बिरालो नि बाघ बनी,सत्ता भित्र छिरे जस्तो।

शिक्षा,स्वास्थ,खानेपानी,संचार अनि यातायात,
बिकासको सबै काम ,भा’छन्‌ झारा तिरे जस्तो।

हिजो अस्ति गरेका ति, ब्यवहार हेर्दा खेरी,
दुनियाँ कै नजरबाट, गिर्न सम्म गिरे जस्तो।

सहि गलत नछुट्याइ, अघि पछि हिड्नेहरु,
अन्धभक्त भइ उस्कै,झोली तुम्ला भिरे जस्तो।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा ८, सुनखानी, दोलखा,
बागमती प्रदेश ।
(रचना: २०७८ बैशाख ३१ शुक्रबार)


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...