Monday 12th October 2026

कविताः हरिको सिको – छन्द: शिखरिणी -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी ।🌷🙏🌺

म खाऊँ मैँ लाऊँ सुखसयल वा मोज म गरूँ
म बाँचूँ मैँ नाचूँ अरु सब मरुन दूर्वलहरू
भनी दाह्रा घस्ने अबुझ शठ देखी छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ।।🌷🙏🌺
कवि शिरोमणी लेखनाथ पौड्याल(तरुण)

अल्प विद्या भयंकरी- अधुरो ज्ञानले दु:ख सिबाय केही मिल्दैन ।
A little knowledge is a dangerous thing- English proverb

सबै मान्छ्न् जाती असल गतिलो संगत भए
सिको आँखा चिम्ली मनुज मनुवा गर्दछ हरे
विदेशी माटोमा प्रचुर फल त्यो फल्दछ भनी
स्वदेशी माटोमा छलफल बिना सार्दछ पनि ।१।🌷🙏🌺

पटक्कै फुल्दैनन् अभिनय बिरुवा प्रकृतिसँगै
नमिल्दा माटो यो अलमल पर्‍यो संस्कृति यतै
असाध्यै गर्दैछौँ अपिल विनती मानव यहाँ
बिदेशी हावाको सिरसिर चिसो बढ्दछ किन? ।१।🌷🙏🌺

बसौँला नेपाली अलमल बिना लोकल बनी
हिमाली गोर्खाली तपतप पसिना झार्दछ यहीँ
पहाडी जान्दैनन् छलबल कतै नक्कल कुनै
समाती बस्नेछ्न् अलमल बिना संस्कृति सबै ।१।🌷🙏🌺

कसैले डाक्दैछ्न् हरहर व्यथा शंकर यहाँ
कसैले बोल्दैछ्न् हरिजन सबै पागल यहाँ
नजान्ने मान्छेको नजर हरिको नक्कल हरि
बुझेको ज्ञानीको हरि छ मनमा चिन्दछ हरि ।१।🌷🙏🌺

समातौँ छुस्क्याहा झटपट गरी राकसहरू
चिनौँ है पापात्मा गलत नकली दानवहरू
लखेट्दा राम्रो हो असुर कपटी मानवहरू
बनौँला गोर्खाली असल गतिला चालकहरू ।१।🌷🙏🌺

धन्यवाद।
हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...