Saturday 24th January 2026

नेपालमा कोरोनाः अहिले सम्मकै सबैभन्दा धेरै ८८ जनाको मृत्यु


तीतोपाटी – विश्वव्यापी रूपमा सबैलाइ अाक्रान्त बनाइरहेको कोरोना महामारीको संक्रमणबाट नेपालमा   पछिल्लो २४ घण्टामा ८८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ३ हजार ७ सय २० पुगेको छ । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८८५० जना नयाँ संक्रमित थपिएका छन् ।

कुल १९,३८७ जनाको पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। पछिल्लो २४ घण्टामा जम्मा ४ हजार २२ जनाले कोरोनालाइ जितेर घर फर्केका छन् भने  नेपालमा अहिले सम्म जम्मा ३ लाख ९४ हजार ६ सय ६७ जना कोरोना संक्रमित भएकोमा जम्मा ३  लाख २ हजार ७ सय ८७ जनाले कोरोनालाइ जितेर घर फर्केका छन् ।

हाल अाइसोलेसनमा ८८ हजार १ सय ६० जना र क्वारेन्टिनमा ४१९ जना रहेका छन् भने देशभरिका अस्पतालमा ८३२ जना आईसीयूमा र २६७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...