Sunday 11th October 2026

कोपिला रिजालको गजल संग्रह – १


मुस्कान भरिएको ओठमा दु:ख लुकाउन सजिलो छ ।
मनमा पिर, बगेको आँसु, सधैं सुकाउन सजिलो छ ।।

नबोली नबोली कति पीडा पछिलाइ राखेकोछु मैले,
तिमीले दिएको तनाव मलाई फुकाउन सजिलो छ ।

मेरो ढुकढुकी चल्दासम्म नगर्नु यस्ता कुराहरु नै,
सधेभरी नै झुटो बोल्नेको मोल चुकाउन सजिलो छ ।

हजारौं सपनाहरू आकाशका तारा सरी छरिए पनि
आफु दह्रो भएसि अरुलाइ झुकाउन सजिलो छ ।

चलिरहेको छ मेरो धड्कन आज पनि तिम्रै लागि,
गन्तब्यमा नपुग्ने भए पछी त रुकाउन सजिलो छ ।

 

कोपिला रिजाल
भक्तपुर ताथली


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...