Sunday 11th October 2026

सुरेश पाण्डेयको गजल संग्रह – ४


आँखाको परेलीमा राख्दिन पानी दुनियाँ रमाउँछ ।
यहाँ हुँदा मुस्किलमा जिन्दगानी दुनियाँ रमाउँछ ।

फर्किन सक्छु म नफर्किन सक्छु त्यो राजधानीमा,
तिमी फर्किनु प्रिया हाँसेर राजधानी दुनियाँ रमाउँछ ।

बाहिर बिषादीको लहर छ भित्र खाना छैन महोदय,
गरौँ आफैले आफ्नो लागि बेइमानी दुनियाँ रमाउँछ ।

यदि कुनै कारणले मलाई बाँच्न मुस्किल भयो भने,
मित्र घरमा पठाइदिनु जलेको खरानी दुनियाँ रमाउँछ ।

मैले तिमीलाई प्रेम प्रस्ताव पठाउँछु प्रिया बिन्ती मेरो,
तिम्ले नगर्नु अस्वीकारको आनाकानी दुनियाँ रमाउँछ ।

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...