Friday 10th July 2026

कोरोनाका कारण आइपिएल-२०२१ स्थगित


कोरोना भाइरसका कारण आइपिएल २०२१ स्थगित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्धिमान साहलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। यस्तै दिल्ली क्यापिटल्सका अमित मिश्रालाई पनि कोरोना लागेको थियो।  आइपिएलअन्तर्गत मंगलबार हैदरावाद र मुम्बई इन्डियन्सबीच खेल हुँदै थियो।

कोरोनाको असरलाई मध्यनजर गर्दै आइपिएलमा स्वास्थ्य मापदण्ड अपनाएर खेल हुँदै आएको थियो। खेलहरू दर्शकबिनाको रंगशालामा हुँदै आएका थिए। यसअघि बुधबारका लागि तय भएको चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको थियो। चेन्नईले आफ्नो टिम सोमबारदेखि एक साता क्वारेन्टिनमा बस्ने आयोजकलाई जानकारी गराएपछि खेल स्थगित गरिएको हो।  यसअघि सोमबार चेन्नईका सिइओ विश्वनाथनसहित बलिङ प्रशिक्षक एल बालाजी र एक ड्राइभरलाई कोरोना भाइरसको संक्रमण भएको थियो।

हिजो सोमबार लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल पनि स्थगित भएको थियो।कोलकताका दुई जना खेलाडीलाई कोरोना लागेपछि खेल स्थगित भएको थियो। कोलकताका बलरद्वय बरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना लागेको थियो।

आइपिएलमा यसअघिका २९ खेलसम्म कोरोनाको असर देखिएको थिएन। कोलकता र बैंग्लोरबीचको ३०औं खेलदेखि भने असर देखिएको हो।पछिल्लो समय भारतमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिरहेको छ। दैनीक ४ लाख बढीमा संक्रमण भइरहदा ३ हजार बढीको मृत्यु हुने गरको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित…

चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन्। स्वर्णिम वाग्ले नेतृत्वको आर्थिक टोलीसँग…

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी नौसेनाको शक्ति प्रदर्शन, २० भन्दा बढी युद्धपोत सक्रिय इरानसँग बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकी केन्द्रीय…

प्रतिकृयाहरू
...