Thursday 1st October 2026

विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा एमालेको बहुमत नपुग्ने


 तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । यससँगै प्रदेशसभामा नेकपा एमालेकाे बहुमत नपुग्ने भएको छ ।दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछि उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको माओवादी केन्द्रका सांसद सुदर्शन बरालले बताए ।

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरकुमार एमालेबाट निर्वाचित भएका थिए । सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन् ।वलीले माओवादी रोजेपछि  ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । यससँगै एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का लागेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए । एमालेले संविधानको धारा १६८(१) अनुसार एकल बहुमतको सरकार बनाउन दावी पेश गरेको छ ।लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय भएपनि ६ जना प्रदेशसभा सदस्य पदमुक्त भएकाले ४१ सांसद भएको आफ्नो दलको एकल बहुमत पुग्ने भएकाले सरकार बनाउनुपर्ने एमालेको दाबी छ ।

हेर्नुहोस् वलीको वक्तव्य

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...