Sunday 25th January 2026

त्रिशूलीमा खस्दा दुई मजदुर बेपत्ता, तीनको उद्धार


तितोपाटी- चितवन ,भरतपुर महानगरपालिका–१, ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीनजनाको उद्वार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा फलामको काम गर्दैगर्दा फलामसहित मजदुर खसेका थिए । दुईजना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीनजनाको उद्धार गरिएको उनले जानकारी दिए । उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ । बेपत्ताको खोजी थालिएको छ ।
निर्माणाधीन सो पुलको केही भाग चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताए । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।
जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुर कामका लागि गएको र घटनापछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिए ।
भरतपुर महानगरपालिका–१, ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको थियो । रासस


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...