Friday 27th February 2026

कोभिड–१९ विरुद्ध लाग्न ओलीको निर्देशन


तितोपाटी- प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लाग्न पार्टीका कमिटीलाई निर्देशन दिएका छन् ।

आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा कोभिड–१९ विरुद्ध जिल्लामा हेल्प डेस्क बनाउन, गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गर्न परिचालित हुन निर्देशन दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
ओलीले हिजो साँझ बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकको निष्कर्ष बिफ्रिङ गरेको ज्ञवालीले बताए । हिजो बैठकमा पछिल्लो समय नयाँ भेरिन्ट देखिएकोले अस्पतालमा रहेका अधिकांश बिरामीलार्य अक्सिजन चाहिने भएकाले सरकारले चलाइरहेको अभियानमा पार्टीले कसरी सहयोग गर्ने भन्नेबारे छलफल भएको उनले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

काबुल/इस्लामाबाद — अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पछिल्ला दिनहरूमा सैन्य झडप तीव्र बन्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि ठूला सैन्य क्षति…

प्रतिकृयाहरू
...