Sunday 27th September 2026

भारतमा कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड, एकैदिन ३ लाख ४५ हजारमा संक्रमण


छिमेकी मुलुक भारतमा कोरोना संक्रमित र मृतकको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा शनिबार लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाखभन्दा बढी भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ। २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै सर्वाधिक हो। यसअघि (शुक्रबार) वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ। भारतमा यो समाचार तयार पार्दासम्म १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन्।

अझै पनि सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ। यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ६२१ जनाको मृत्यु भएको छ ।भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। एक सातका लागि लक डाउन गरिएको दिल्लीमा पछिल्लो २४ घण्टामा थप २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार…

लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

प्रतिकृयाहरू
...