Saturday 28th March 2026

प्रधानमन्त्री ओलीले गरे पुनर्निर्मित २२ तले धरहराको उद्घाटन


प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन्।भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुर राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ। झन्डै दुई वर्षपछि धरहरा स्तम्भको काम सकिए पनि बाहिरी ब्युटिफिकेसन र जमिनमुनि रहेको भुमिगत दुई तलाको भने जम्मा १० प्रतिशत मात्रै काम भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले धरहरा निर्माणमा अधिकांश नेपालमै उत्पादित निर्माण सामग्री प्रयोग गरिएको बताए। उनका अनुसार सर्वोतम, जगदम्बा, अल्ट्रा, होङ्सीलगायत सिमेन्ट प्रयोग भएको छ भने फलामे डन्डीतर्फ पनि नेपालमै उत्पादित अम्बे, लक्ष्मी र जगशक्ति डन्डीलगायत प्रयोग भएकोे छ। यसबाहेक एसी, बिजुलीका अत्यावश्यक सामग्री भने छिमेकी मुलुकबाट ल्याएर जडान गरिएको छ।

२०७२ सालमा गएको भूकम्पमा लडेको धरहरा पुनर्निर्माण गर्ने विषयमा लामो समय विवाद भएपछि सुरु भएको पुनर्निर्माण कार्य तीव्र गतिमा भए पनि ठेकेदार कम्पनीले तोकिएको समयमा पूरा गर्न सकेको थिएन। म्याद थप गर्दै पुनर्निर्माण गर्दै आएको कम्पनीले धरहराको बाहिरी काममा अझै समय लाग्ने जनाएको छ। पुनर्निर्माण प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्रबाट भने २२ तलाको छ। त्यस्तै, जमिनमुनि दुई तलाको भूमिगत संरचनाको कार्य पनि बाँकी रहेको छ। धरहरा क्षेत्रका बाँकी संरचनाको काम भने जारी नै रहने बताइएको छ।

२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो। धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ। यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो। सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...