Saturday 28th March 2026

कर्णालीमा ‘फ्लोर क्रस’ गरेका चार सांसदलाई पार्टीबाट निष्कासन गर्ने एमालेको निर्णय


नेकपा एमालेको केन्द्रीय कमिटी वैठकले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।फ्लोर क्रस गरेर माओवादी सरकार जोगाइ दिएको भन्दै उनीहरुलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ ।
माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको हो । निर्णय कार्यान्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णय समेत भएको छ ।

त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । देवी ओलीलाई पनि कारवाही गर्न बैठकमा कर्णबहादुर थापा, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीलगायतका नेताले माग गरेका थिए ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...