Friday 3rd April 2026

टुक्का कविता – बालोरी छन्द -श्रीकृष्ण शर्मा


टुक्का बालोरी छन्द (४+२=६) र (४+३=७) अक्षर

राम्रो म छु हेर,
सफा बस्छु धेर ।

लाग्दछ नि डरै
तिमी आऊ घरै ।

क क पढ्न जाऊ,
भरे घर आऊ ।

साथीसँग भुल्छु,
वन पाखा डुल्छु ।

हाम्रा बाबा राम्रा छन्,
आमा मेरी राम्री झन् ।

भाँडाकुटी खेलौँला,
बाबाआमा बनौँला ।

दुवै हात समाई,
खेलौँ खेल रमाई ।

दुलाहा र दुलही,
खेल्न मन मलाई ।

राजा बनी आऊ है,
बाजा कहाँ ल्यायौ खै ?

१०

मेरो सानो बाबुले,
मान्छ भन्या मामुले ।

११

कारोना पो लागेछ,
कठ्ठै बाबु भागेछ ।

१२

स्कुल जान मान्दैन,
क ख पढ्न जान्दैन ।

१३

बुबु माम सुपुक्क,
सुत बाबु लुपुक्क ।

१४

टुकुटुकु जाउँला,
कुपुकुपु खाउँला ।

१५

झलमल्ल घामलेलमल्ल कामले ।

१६

कलकल पानीमा,

झलझल नानीमा ।

१७

खान्नँ म त करेली,
झिम्काउँछ परेली ।

श्रीकृष्ण शर्मा पोखरा

Thank you and warm regards !
Shree Krishna Sharma
Shanti Niketan School
Exam – coordinator
Tukka : secretary General
Kopila Gandaki : Treasurer
Mobile: +977-9840010052


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...