तितोपाटी- -नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो।
आजै नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईलाई समेत बालुवाटार बोलाएर कुराकानी गरेका अध्यक्ष ओलीले त्यसको केहि बेरपछि वरिष्ठ नेता नेपालसँग पनि भेट गरेका छन्।
अध्यक्ष ओलीले पूर्व प्रधानमन्त्री नेपाल, अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायत पार्टीका अन्य वरिष्ठ नेताहरुसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेकै बेला पार्टीका दुई शीर्ष नेताबीच भेट भएको हो।