Tuesday 15th July 2025

डेब्युपछि लगातार तीन खेलमा अर्धशतक लगाए कुशल भुर्तेलले


क्रिकेट खेलाडी कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् । मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले मलेसिया विरुद्ध अविजित ६१ रन बनाएका थिए ।  काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा कुशलले लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् । उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरे । उनले ४१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५२ रन प्रहार गरे ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।यसअघि उनले नेदरल्यण्ड्स र मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी समेत बनेका छन् । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसिया विरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...