Wednesday 7th October 2026

डेब्युपछि लगातार तीन खेलमा अर्धशतक लगाए कुशल भुर्तेलले


क्रिकेट खेलाडी कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् । मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले मलेसिया विरुद्ध अविजित ६१ रन बनाएका थिए ।  काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा कुशलले लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् । उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरे । उनले ४१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५२ रन प्रहार गरे ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।यसअघि उनले नेदरल्यण्ड्स र मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी समेत बनेका छन् । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लेका छन् । उनले नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसिया विरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...