Monday 17th November 2025

सर्वदलीय बैठक : एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई प्रधानमन्त्रीको आग्रह


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा उनले संसदमा लामो समयदेखि संसदमा विचाराधिन रहेको एमसीसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने सम्बन्धमा आफुहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौं भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए । उनले एमसीसीलाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताए ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार, बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफु सधै तयार रहेको, वर्तमान सरकार राष्ट्रियहितको पक्षमा दृढतापुर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका थिए ।

उनले पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र राजनीतिक प्रणालीलाई कमजोर गर्ने खालका प्रवृत्तिहरु देखा परेको भन्दै लोकतान्त्रिक शक्तिहरुले त्यस क्रियाकलापलाई निरुत्साहीत गर्नुपर्ने धारणा राखेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा कोरोना महामारी विरुद्धको प्रतिकार्य, रिक्त भएका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र केही स्थानीय तहका स्थानमा गर्ने उपनिर्वाचन र संसदमा अड्किएको बिजनेसका विषयमा सर्वदलिय बैठकमा छलफल भएको र राजनीतिक दलका नेताहरुले कोरोना महामारीको रोकथाममा सरकारले अझै सचेतता अपनाएर प्रभावकारी ढंगले काम गर्न सुझाव दिएको बताए । नेताहरुले आवश्यक परे अति प्रभावित स्थानका विद्यालय बन्द गरेर , धेरै भीडभाड हुने जात्रा लगायतमा भीडभाड कम गर्न सार्वजनिक अपिल गर्नुको साथै प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको त्यसमा आफुहरुको साथ सहयोग रहने बताएका थिए । मध्यान्हन्युज


सम्बन्धित शीर्षकहरु

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

प्रतिकृयाहरू
...