Friday 3rd July 2026

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी


तितोपाटी- त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सलाई नेपालले ९ विकेट पराजित गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दिएको १३६ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । दुवैले घरेलु मैदानमा अर्धशतक पूरा गरे । नेपालका लागि कुशलले ४६ बलमा ५ छक्का, ५ चौका प्रहार गर्दै ६२ रन बनाए । आसिफले ३८ बलमा ४ चौका र ४ घक्का प्रहार गर्दै ५४ रन जोडे । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रनको योगदान दिए । बलिङमा नेदरल्यान्ड्सका जुलियनडे मेले १ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि बासडी लीडेले ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए ।
बलिङमा सन्दीप लामिछानेले चार ओभरमा २२ रन दिएर २ विकेट लिए । त्यस्तै, साहब आलम र सोमपाल कामीले १/१ विकेट लिए ।

शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...