Friday 3rd April 2026

शर्मिला श्रेष्ठको गजल संग्रह – ४


नयाँ वर्ष! दुःखीहरुको आस बोकेर झुल्क
देश भरी! खुशीयाली खास बोकेर झुल्क।

असह्य वेदना! आपतकालिन स्थिती भो
सशक्त विचारहरुको दास बोकेर झुल्क।

तिमी जुम्ला डोल्पा मुगु जहाँसुकै पुग्नु है
भोका झुपडीहरुमा गाँस बोकेर झुल्क।

जाऊ सिटामोल समेत नपुग्ने विकटमा
तिनका पीडाहरुमा सास बोकेर झुल्क।

पानी बिनाको खडेरी खेत बाँझै धेरै छन्
नहर कुलो बन्दै अन्नको रास बोकेर झुल्क।

भोकमरीले बल्दैनन् कतिपय चु्ल्हाहरु
सहयोगी हातहरुको बास बनेर झुल्क।

महामारीले विश्व नै त्राही त्राही संकटमा
उपाय निकाली अब नास बोकेर झुल्क।

शर्मिला श्रेष्ठ ,ललितपुर
हाल परदेश


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...