Sunday 25th January 2026

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव छल्न गण्डकीको चालु अधिवेशन अन्त्य


तितोपाटी- मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी भएपछि गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ ।

आफूविरुद्धको अविश्वास प्रस्ताव छल्न गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाको अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गरेका थिए । शेरचनले चालु अधिवेशन १ वैशाख राति १२ बजेदेखि अन्त्य भएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराएका छन् ।
२५ चैतबाट सुरु गण्डकी प्रदेशको विधेयक अधिवेशन तीन दिनसम्म चलेको थियो । त्यसपछि वैशाख ६ गतेसम्म बैठक स्थगित गरिएको थियो ।
गण्डकीमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनतासमाजवादी पार्टीका सांसदहरुले हस्ताक्षर संकलन गरिरहेका छन्। प्रदेशसभा कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३ जसपाका २ र स्वतन्त्र एक सांसद छन् भने एमालेको २७ सिट छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...