Monday 17th November 2025

नेपालमा पहिलोपटक देखियो डबल म्युटेन्ट भाइरस


तितोपाटी- नेपालमा एकजनामा कोभिड–१९ को नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस देखिएको छ । ललितपुरका एकजना संक्रमितमा डबल म्युटेन्ट भाइरस पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार जीन सिक्वेन्सिङका लागि हङकङ पठाइएका १५ वटा नमुनामध्ये एकजनामा यो भाइरस पुष्टि भएको हो । ५९ वर्षीय एक व्यक्तिमा देखिएको भाइरस उनको सम्पर्कमा आएका अरुमा भए/नभएको पहिचान गर्न कन्ट्याक ट्रेसिङको काम भइरहेको डा. पौडेलले बताए ।
भारतमा राजस्थान, गुजरात, नयाँदिल्लीलगायत क्षेत्रमा देखिएको डबल म्युटेन्ट नेपालमा भने पहिलोपटक पुष्टि भएको हो ।


सम्बन्धित शीर्षकहरु

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

प्रतिकृयाहरू
...