Wednesday 8th April 2026

गजल-बाल कुमार खत्री


खै कसरी यो धड्कन चलि रहेको छ!
तिम्रो यादहरुले मुटु जलि रहेको छ।

तिमीलाई भेट्न लालायित मन पनि!
हरेक दिन गनेर साँझ ढलि रहेको छ।

सलेदो भएर मनमा बसेकी छौँ तिमी!
त्यसैले प्रेमको टुकी बलि रहेको छ।

सपनामा तिमीलाई हेरेर होला सानू!
थकित मेरो आँखा गलि रहेको छ।

धेरै भयो तिमीलाई कुराएर राखेको!
के गरौं प्रिय समयले छलि रहेको छ।

-बाल कुमार खत्री
संखुवासभा,चैनपुर


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...