Friday 29th March 2024

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १६


दूध्‌को साक्षी बिरालो भै, सामुन्नेमा पर्नेलाई ।
के भन्नू खै सोझा माथि, अत्याचार गर्नेलाई ।

सबैभन्दा ठुलो, बाठो, अजम्बरी बन्न खोज्दै,
झुटै झुट्को खेती गरि, बेकार भ्रम छर्नेलाई।

बल उमेर धन हुँदा,नाता साइनो जोड्ने ले नै,
दुख पर्दा चिन्दिन म, भन्दै पर सर्नेलाई ।

स्वार्थ लोभ्‌ पाप् ईर्श्याको, दलदलमा फसी यहाँ ,
कुकर्मको खेल खेली, अल्पायु मै मर्नेलाई ।

बिहान र बेलुका ती, छाक टार्न धौ धौ भाका,
मानिसको गाँस लूटी, आफ्नो पेट भर्नेलाई।
***********************

प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८ सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...