Friday 3rd April 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १६


दूध्‌को साक्षी बिरालो भै, सामुन्नेमा पर्नेलाई ।
के भन्नू खै सोझा माथि, अत्याचार गर्नेलाई ।

सबैभन्दा ठुलो, बाठो, अजम्बरी बन्न खोज्दै,
झुटै झुट्को खेती गरि, बेकार भ्रम छर्नेलाई।

बल उमेर धन हुँदा,नाता साइनो जोड्ने ले नै,
दुख पर्दा चिन्दिन म, भन्दै पर सर्नेलाई ।

स्वार्थ लोभ्‌ पाप् ईर्श्याको, दलदलमा फसी यहाँ ,
कुकर्मको खेल खेली, अल्पायु मै मर्नेलाई ।

बिहान र बेलुका ती, छाक टार्न धौ धौ भाका,
मानिसको गाँस लूटी, आफ्नो पेट भर्नेलाई।
***********************

प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८ सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...