Tuesday 20th October 2026

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसी निर्वाचित


बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । ​पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल निर्वाचित भएको जनाएको छ । त्यस्तै, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् । सम्मेलनबाट केन्द्रीय सदस्यहरूमा शंकर बराल, लालबहादुर थापा, कृष्णबहादुर खड्का, कमला जिसी, कल्याणी श्रेष्ठ, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, राजेन्द्र ढुङ्गाना चयन भएका छन् ।

यस्तै, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, ईन्दिरा ज्ञवाली, यमलाल पोखरेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, देवी शर्मा, लिलादेवी शर्मा, दिलबहादुर दर्जी, चन्द्रा परियार, भागिरथ भट्टराई, दिपक पाण्डे पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।पदमा पण्डित, नारायण जिसी, रामकुमार क्षेत्री, गिरीप्रसाद बुडा, गौरीश्वर पाण्डे, धर्मान्द सुवेदी, चिन्तामणि पौडेल, हेमकुमार गुरूङ, अमृत पाण्डे, गणेश आचार्य, कमलविक्रम शाही, उदयनारायण चौधरी, सुवर्णविक्रम थापा पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । सम्मेलनबाट राजनीतिक सांगठनिक र आर्थिक प्रतिवेदनसमेत पारित भएको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...