Tuesday 8th September 2026

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसी निर्वाचित


बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । ​पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल निर्वाचित भएको जनाएको छ । त्यस्तै, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् । सम्मेलनबाट केन्द्रीय सदस्यहरूमा शंकर बराल, लालबहादुर थापा, कृष्णबहादुर खड्का, कमला जिसी, कल्याणी श्रेष्ठ, रत्नविक्रम प्यासी राना, तारा थापा, नन्दराज भट्ट, डम्बर पुरी, लालबहादुर जाग्री, सोमकुमार कार्की, राजेन्द्र ढुङ्गाना चयन भएका छन् ।

यस्तै, घनश्याम न्यौपाने, झविलाल थापा, पियारी थापा, ईन्दिरा ज्ञवाली, यमलाल पोखरेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, देवी शर्मा, लिलादेवी शर्मा, दिलबहादुर दर्जी, चन्द्रा परियार, भागिरथ भट्टराई, दिपक पाण्डे पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।पदमा पण्डित, नारायण जिसी, रामकुमार क्षेत्री, गिरीप्रसाद बुडा, गौरीश्वर पाण्डे, धर्मान्द सुवेदी, चिन्तामणि पौडेल, हेमकुमार गुरूङ, अमृत पाण्डे, गणेश आचार्य, कमलविक्रम शाही, उदयनारायण चौधरी, सुवर्णविक्रम थापा पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् । सम्मेलनबाट राजनीतिक सांगठनिक र आर्थिक प्रतिवेदनसमेत पारित भएको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...