Friday 3rd April 2026

बाल कुमार खत्रीको गजल संग्रह – १


नसोध्नुस् कसैले, थाहा छैन घर मेरो ।
स्वार्थी संसार भित्र खोज्दैछु उत्तर मेरो ।

समयले भनेको नमान्नु, गुमाउनु रहेछ
त्यति बेला आएको थियो अबसर मेरो ।

मसान घाटमा लास जलेर सकिएपछि
मलामी फर्किए, शून्य भयो बगर मेरो ।

गरिब पनि यति गरिब भयो जिन्दगी
आँसुहरु बेच्दा पनि टरेन अभर मेरो ।

म आफ्नै आँखा बाट झरेको पानी हुँ
बलेसीमा खसेपछी सकियो सफर मेरो ।

-बाल कुमार खत्री
संखुवासभा,चैनपुर।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...