Friday 26th April 2024

भारतमको छत्तिसगढमा माओवादी आक्रमणमा परि २२ सुरक्षाकर्मीको मृत्यु


तीतोपाटी – भारतको छत्तीसगढ राज्यको विजापुरमा शनिबार माओवादीको आक्रमणमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । साथै ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । केही सुरक्षाकर्मीहरू अझै बेपत्ता रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणपछि माओवादीले सुरक्षाकर्मीहरूको हतियार र गोलीगठ्ठासमेत लुकेर लगेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरक्षा फौजले गत शुक्रबार रातिदेखि दक्षिण बस्तरको जंगली क्षेत्रलाई लक्षित गर्दै विभिन्न ५ स्थानबाट अपरेसन सुरु गरेको थियो । त्यही क्रममा सुरक्षाकर्मीहरू सुक्मा–बिजापुर सीमामा सर्च अपरेसनमा रहेकै बेला शनिबार मध्याह्न माओवादीले एक्कासि चारैतिरबाट घेरा हालेर आक्रमण गरेका थिए । बस्तर क्षेत्र माओवादीहरूको पकड क्षेत्रको रूपमा मानिन्छ । त्यहाँ हरेक पटक मुठभेड हुँदा सुरक्षाकर्मीहरूको मृत्यु हुने गरेको छ ।

उक्त क्षेत्रमा ठूलो संख्यामा माओवादीहरू रहेको खुफिया सूचनाका आधारमा सुरक्षा फौजले सर्च अपरेसन सुरु गरेको थियो । सुरक्षा फौज र माओवादीबीच ३ घण्टाभन्दा लामो समयसम्म दोहोरो भिडन्त भएको जनाइएको छ । सुरक्षा फौजले माओवादीतर्फ पनि ठूलो क्षति भएको दाबी गरेको छ । विद्रोहीहरूले घाइते र मृतकहरूलाई तीनवटा ट्र्याक्टरमा लगेको सुरक्षा स्रोतले जनाएको छ ।

घटनाप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द्र, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य नेताहरूले पनि दुःख व्यक्त गरेका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै सुरक्षाकर्मीको बलिदान खेर जान नदिने बताएका छन् । साथै उनले माओवादीविरुद्धको कारबाही थप बलियो पारिने र परिणाममुखी बनाइनेसमेत उल्लेख गरे । घटनाबारे थाहा पाउनासाथ उनी असमको चुनावी कार्यक्रम छोट्याएर दिल्ली फर्केका छन् । त्यसलगत्तै शाहले उच्च सुरक्षा अधिकारीहरूसँग बैठक गरेका थिए । बैठकमा घटनाबारे समीक्षा गर्दै माओवादीविरुद्धको कारबाहीलाई तीव्रता दिने निर्णय भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...