Friday 3rd April 2026

सुरेश पाण्डेयको गजल संग्रह – ३


निष्ठुरीले छोड्यो जिन्दगीमा आँधी हुरी राखेर ।
फेरी पनि म बाँची रहेको छु कायम दूरी राखेर ।

मलाई कमजोर सम्झिने त्यो मित्र राष्ट्रले भुल्यो
युद्ध जितेकै हौ बन्दुकको अगाडि खुकुरी राखेर ।

गलत इल्जाम नलगाउ प्रिया छोडेर गयौ ठिकै छ
म चाहान्न तिमीसँग बोल्न कोटमा उजुरी राखेर ।

एउटा नारीको इज्जत लुटेर हिँजो राति भर्खरै
बलात्कारी के साबित गर्दै छ साना भुराभुरी राखेर ।

मेरो देशको स्वाभिमान माथि अब खेल्नेहरुलाई
यस्तो लाग्छ स्वागत गरुँ अगाडि धारिलो छुरी राखेर ।

सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...