Friday 3rd April 2026

धर्मिला कार्कीको गजल संग्रह – १७


गजल

बहर (मिर)
मात्रा :२०
काफिया बन्धन : इन्छ

सहयोगी मनमा भगवान् भेटिन्छ
दयालु मान्छे मन्दिर झैं देखिन्छ।

सडकमा भोका गरिब जनता देख्दा
सरकारको शिर नि कसरी अग्लिन्छ।

असत्य कुरा पनि दोहोर्याई रहे
सधैँभरि लाई सत्य नै मानिन्छ।

गरिब भनेर कहिल्यै नगर्नु नि हेला
मर्दा पर्दा आफन्तै चाहिन्छ ।

इमान्दारिता त हुन सक्दैन कहिल्यै
जुन अरुले देखेमा मात्र गरिन्छ।

-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज_३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...