Sunday 1st November 2026

एनआरएनए कुवेतद्वारा हालसम्म ४१ जना पिडितहरुको उद्दार


तितोपाटी- गैरआवसिय नेपाली संघ (एनआरएनए) कुवेतद्वारा पिडितहरुको उद्दार कार्यलाई निरन्तरता  दिईरहेको छ। पछिल्लो पटक थप ५ जना पिडितहरुको उद्दार गरेर नेपाल पठाए संगै हालसम्म कुवेतबाट ४१ जना नेपालीलाई उद्दार गरेको एनआरएनए कुबेतका महासचिब दिल पाख्रिनले जानकारी दिएका छन । एनआरएनए  कुबेतले उद्दार गरेका मध्ये १७ जना महिला र २४ जना  पुरुष रहेका छन। ३५ जनालाई हवाइ टिकट र पि सि आर टेस्ट दुवैको लागि सहयोग गरिएको छ भने ४ जना लाई हवाई  टिकट मात्र सहयोग गरिएको छ। साथै २ जनालाई पि सि आर टेस्ट्को लागि मात्र आर्थिक सहयोग गरेको महासचिव पाख्रिनले बताएका छन ।

एनआरएनए कुबेतले पिडितहरुको  उद्दार कार्यलाई थप दुई महिना निरन्तरता  दिने जनाउदै   कुवेत मात्र होइन अन्य विश्वको जुनसुकै कुना कान्दारामा रहनुहुने नेपाली दाजुभाई  दिदिबहिनिहरुसंग कुवेतको समस्या सम्बन्धी जानकारी भए अध्यक्ष सुजन केसीको मोबाईल नम्बर  ००९६५-९४४७१२२२ र महासचिव दिल कुमार पाख्रिनको मोबाईल नम्बर   ००९६५-९७५५७३१३ मा सिधा सम्पर्क गर्न सकिने एनआरएनए कुबेतले जानाएको छ। भने  एनआरएनए कुबेतको फेशबुक पेज र   [email protected] मा E-mail गर्न समेत अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...