Saturday 17th October 2026

एनआरएनए कुवेतद्वारा हालसम्म ४१ जना पिडितहरुको उद्दार


तितोपाटी- गैरआवसिय नेपाली संघ (एनआरएनए) कुवेतद्वारा पिडितहरुको उद्दार कार्यलाई निरन्तरता  दिईरहेको छ। पछिल्लो पटक थप ५ जना पिडितहरुको उद्दार गरेर नेपाल पठाए संगै हालसम्म कुवेतबाट ४१ जना नेपालीलाई उद्दार गरेको एनआरएनए कुबेतका महासचिब दिल पाख्रिनले जानकारी दिएका छन । एनआरएनए  कुबेतले उद्दार गरेका मध्ये १७ जना महिला र २४ जना  पुरुष रहेका छन। ३५ जनालाई हवाइ टिकट र पि सि आर टेस्ट दुवैको लागि सहयोग गरिएको छ भने ४ जना लाई हवाई  टिकट मात्र सहयोग गरिएको छ। साथै २ जनालाई पि सि आर टेस्ट्को लागि मात्र आर्थिक सहयोग गरेको महासचिव पाख्रिनले बताएका छन ।

एनआरएनए कुबेतले पिडितहरुको  उद्दार कार्यलाई थप दुई महिना निरन्तरता  दिने जनाउदै   कुवेत मात्र होइन अन्य विश्वको जुनसुकै कुना कान्दारामा रहनुहुने नेपाली दाजुभाई  दिदिबहिनिहरुसंग कुवेतको समस्या सम्बन्धी जानकारी भए अध्यक्ष सुजन केसीको मोबाईल नम्बर  ००९६५-९४४७१२२२ र महासचिव दिल कुमार पाख्रिनको मोबाईल नम्बर   ००९६५-९७५५७३१३ मा सिधा सम्पर्क गर्न सकिने एनआरएनए कुबेतले जानाएको छ। भने  एनआरएनए कुबेतको फेशबुक पेज र   [email protected] मा E-mail गर्न समेत अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

प्रतिकृयाहरू
...